मेसी चम्किँदा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

मेसी चम्किँदा बार्सिलोना दोस्रो स्थानमा उक्लियो
तस्बिर : फ्रान सेन्टिआगो/गेट्टी इमेज

म्याड्रिड : स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोनाले सेभिल्लालाई २–० ले हराएको छ।

बार्सिलोनाको जितमा लियोनल मेसी नायक बने। उनले १ गोल गरे भने १ गोलको अवसर जुराए।

मेसीको पासमा ओसमन डेम्बेलेले २९औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा मेसीले गोल गर्दै टिमलाई २–० को जित दिलाए। 

जितपछि बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले २५ खेलबाट ५३ अंक जोडेको छ। यो शीर्ष स्थानको एटलेटिको म्याड्रिडसँगभन्दा २ अंक मात्रै कम हो। एटलेटिकोको २३ खेलबाट ५५ अंक छ। 

शनिबार गेटाफेले भ्यालेन्सियालाई ३–० पराजित गर्दा ओसासुनाले एलाभेसलाई १–० ले हरायो। यस्तै, आइबर र हुएस्काबीचको खेल १–१ को बराबरीमा टुंगियो। 

फागुन १६, २०७७ आइतबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।