सहिद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्।
पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती क्लब भिड्दै छन्। दोस्रो खेलमा झम्सिखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ।
दुवै खेल ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा हुनेछन्।
फागुन १६, २०७७ आइतबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।