पिसिएल खेल्न सन्दीप कराँची गए, लाहोरबाट खेल्ने

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटमा खेल्न पाकिस्तानको कराँची प्रस्थान गरेका छन्।
उनी आज बिहान ११ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै कराँची प्रस्थान गरेका हुन्।
उनी लाहोर क्वालन्डर्सको टिममा अनुबन्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। लाहोरले सन्दीपलाई अफगानिस्तानका राशिद खानको स्थानमा टोलीमा अनुबन्ध गरेको हो।
जिम्बाबेविरुद्धको क्रिकेट शृंखलामा राष्ट्रिय टोलीमा परेपछि खानले पिसिएल छाडेका हुन्।
फागुन १५, २०७७ शनिबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।