टिभिएस ग्राण्ड एक्सचेन्ज मेलाः बाइक र स्कुटरमा अफर

टिभिएस ग्राण्ड एक्सचेन्ज मेलाः बाइक र स्कुटरमा अफर

काठमाडौँ : नेपालका लागि टिभिएस टु–  ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सको टिभिएस ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ।

फागुन १३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको मेला फागुन १७ गतेसम्म चल्नेछ।

आकर्षक अफरहरूका साथ मेला सुरु गरिएको कम्पनीका मार्केटिङ मेनेजर विक्रम पौडेलले बताए। मेलामा ग्राहकले कुनै पनि कम्पनीका मोटरसाइकल तथा स्कुटर लिएर गएर टिभिएसका नयाँ मोटरसाइकल तथा स्कुटरसँग साट्न सक्नेछन्।

यसरी एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा १५ हजार रुपैयाँसम्म थप मूल्याङ्कन पाउनेछन्। 

नयाँ सवारी खरिद गर्दा भने १२ हजारसम्म आकर्षक छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । किस्तामा सवारी खरिद गर्नेका लागि पनि आकर्षण सुविधा रहेका छन्।

किस्तामा बाइक अथवा स्कुटर खरिद गर्न सुरुवाती १८ महिनासम्म शून्य ब्याजदरको विशेष सुविधा रहेको मार्केटिङ मेनेजर पौडेलले जानकारी दिए।

यो सुविधा किस्ताबन्दीमा सवारी खरिद गर्न चाहने सबै ग्राहकका लागि निकै आकर्षित हुने कम्पनीको विश्वास छ।

मेलामा टेस्ट राइड गर्ने ग्राहकहरूले पनि आकर्षक उपहार प्राप्त गर्न सक्ने छन्। लक्की ड्रमार्फत एक जनाले थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त गर्नेछन्।

फागुन १४, २०७७ शुक्रबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।