१२ लाखभन्दा धेरै ग्राहकलाई सेवा पुर्‍याइसकेको एनआईबीएलको दाबी 

१२ लाखभन्दा धेरै ग्राहकलाई सेवा  पुर्‍याइसकेको  एनआईबीएलको  दाबी 

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) स्थापना दिवसका अवसरमा कोरोना महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्नका सम्मान र्याली आयोजना गरेको छ।

बैङ्कले आजदेखि ३५ औँ वर्ष पूरा गरेको छ। स्थापनाको ३५ वर्ष पुगेको अवसरमा बैङ्कले  विज्ञप्ति निकालेर बैङ्कको देशका सातै प्रदेशहरूमा  रहेका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैङ्किङ केन्द्र र १३० एटिएममार्फत गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। 

बैङ्कले विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा सङ्गठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा धेरै ग्राहकहरूलाई सेवा पुर्याइसकेको जनाएको छ।

यो अवधिमा १ खर्ब ६९ रुपैयाँ निक्षेप सङ्कलन तथा १ खर्ब ५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गरेको जनाएको बैङ्कले विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैङ्किङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको उल्लेख गरेको छ।

बैङ्कले ५ अर्ब भन्दा बढीको वित्तीय आवश्यकता रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको जनाएको छ।  

 

फागुन १४, २०७७ शुक्रबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।