औला ठड्याएर नाकैमा पुर्याएपछि कलाकारबिच दुर्व्यवहारको दोहोरी
 
                    
                    
                    
                    इलाका प्रहरी कार्यक्रम धरानका इन्स्पेक्टर हेमराज ओलीले पल विरुद्ध उजुरी परेको जानकारी दिए। ‘पल शाह विरुद्ध उजुरी परेको छ, आज दिउँसो एक बजे दुवै पक्षलाई कार्यालयमा बोलाएको छौँ, सायद कुरो मिल्छ होला।’
तर, अभिनेता पल शाह भन्छन्, ‘अरुणबाट आफै दुर्व्यवहारमा परे।’ उनले आफूलाई थाहै नभएको कार्यक्रममा जान अरुण प्रधानले आग्रह गरेको बताए। ‘पहिलो कुरा त मैले अरुण प्रधान लगायतका मान्छेलाई चिनेको पनि थिइन, उनले उकेरासँग भने, उहाँले मलाई केही कार्यक्रममा जान आग्रह गरेपछि जान मानिन्।’
कार्यक्रममा जान नमान्दा अरुणले मलाई ‘ए यो भाइ ठुलो भएको, म यसको नाम हटाइदिन्छु’ भन्दै औला ठड्याएर कुरा गरेको पलले दाबी गरे। ‘मलाई अरुणजीले उल्टै औँला देखाएर पिट्न खोज्नुभयो।’
पलले आफूलाई थाहा नै नदिई एक साताअघि देखिनै कार्यक्रममा जाने हल्ला गरेर एक्कासि खबर गरेको बताए। ‘म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठुलो भएको, घमन्डीपना देखाएको भन्दै दुर्व्यवहार गर्न खोजियो।’ पलले भने। शाह एक म्युजिक भिडियोका लागि धरान पुगेका छन्। अभिनेता शाहले अरुणले औला ठड्याएर नाकैमा पुर्याएपछि असिस्टेन्ट कृष्णले हात हटाइदिँदा धकेला धकेल भएको बताएका छन्।
पलको चलचित्र चल्न नदिने सङ्घको चेतावनी
पलविरुद्ध दुर्व्यवहारको उजुरी दिने अरुण कुमार प्रधानले भने पलका चलचित्र चल्न नदिने चेतावनी दिएका छन्। सङ्घले विज्ञप्ति जारी गरेर पलले दुर्व्यवहार गरेको हो भन्दै माफी नमागे पल शाह अभिनीत कुनै पनि चलचित्र प्रदेश १ भर चल्न नदिने चेतावनी दिएको हो।
नेपाल चलचित्र निर्देशक समाजको अन्तरक्रियात्मक कार्यक्रममा पललाई उपस्थित भइदिन गरेको आग्रहमा पलले नमानेको र असिस्टेन्ट लगायत धरानका केटाहरू उठाएको अरुणको छ।
सामान्य विवाद हुँदा पलले १०–१५ जना धरानका केटाहरूलाई फोन गरेर बोलाएको र पलको असिस्टेन्ट कृष्णले आफूमाथि आक्रमण गर्न खोजेको तर चिनजानकै साथीहरू भएकाले झगडा हुन नपाएको विज्ञप्तिमा लेखिएको छ।
पललाई लगाइदिएको खाँदा उल्टै आफैतिर फालिएको र आफूमाथि असिस्टेन्ट कृष्ण प्रसाद जोशीले पटक पटक जाइलाग्दा आफूले प्रतिकार नगरेको विज्ञप्तिमा उल्लेख छ।
फागुन १४, २०७७ शुक्रबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    