नेपाल इन्फ्रास्ट्रकचरकाे शेयर मूल्य घट्यो 

नेपाल इन्फ्रास्ट्रकचरकाे शेयर मूल्य घट्यो 

काठमाडौं: किन्ने भन्दा बेच्नेको सङ्ख्या बढेपछि नेपाल इन्फ्रास्ट्रकचर बैङ्कको सेयर मूल्य घटेको छ। निरन्तर मूल्य उकालो चढ्दै ५ सय ५४ पुगेकोमा मङ्गलवार भने ६६ रुपैंया घट्यो।

मूल्य बढेसँगै ठुला लगानीकर्ता र छोटो समयमा नाफा लिन उत्साहित साना लगानीकर्ताले सेयर बेच्न थालेपछि मूल्य घटेको हो। सोमबारसम्म बैङ्कको सेयरको माग ११ लाख हाराहारीमा थियो। मङ्गलवार माग घटेर १ सय ७० कित्तामा पुगेको छ ।

मङ्गलवार ६ लाख ३८ हजार ७ सय ७९ कित्ता शेयर बिक्रीमा राखेका छन् । तर, किन्ने ग्राहक कम छन्। गत फागुन २ गते ३ सय ४० रुपैयाँ प्रतिकित्तामा बैङ्कको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको थियो। 

 

फागुन ११, २०७७ मंगलबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।