क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा 

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा 

काठमाडाैं : क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो  सेवा दिई रहेको छ।

कम्पनीका अनुसार नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट हो। हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको छ।कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको जनाएको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको र यसै आर्थिक वर्षभित्र एफटिटिएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिन सय  थप  आउटलेट खोल्ने लक्ष्य लिएको सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले बताए।

फागुन ११, २०७७ मंगलबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।