मोबाइल वर्ल्ड कङ्ग्रेसमा ओपोले स्मार्ट उपकरणबारे जानकारी दिने

काठमाडौँ : स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वर्ल्ड कङ्ग्रेस, शंघाईमा २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नव प्रविधिबारे जानकारी गराउने भएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार उसले फाइभजी स्पेसमा आफूले गरेका नयाँ परीक्षणका नतिजासँगै चार्जिङ प्रविधिमा भविष्यका विकास, स्मार्टफोन अवधारणा र इन्टरनेट अफथिङ्स प्रदर्शन गर्न लागेको हो।
ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ तार रहित चार्जिङ प्रविधि प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरू ओपोले प्रदर्शन गर्ने तयारी गरेको छ।
सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रमा अगुवाइ गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
फागुन ११, २०७७ मंगलबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।