रियलमी ‘जीटी’ मोबाइल विश्वभर एकैसाथ सार्वजनिक हुने

रियलमी ‘जीटी’ मोबाइल विश्वभर एकैसाथ सार्वजनिक हुने

काठमाडौँ : स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउनु जनाएको छ। ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको रियलमीले जनाएको छ।

रियलमीको जीटी ब्रान्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेष गरी युवापुस्तामा द्रुत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास लिएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीका अनुसार हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रूपमा लोकप्रिय बन्दै गएका छन्।

विशेष गरी युवापुस्तालाई लक्षित गरी मोबाइलको डिजाइन गरिएकाले युवापुस्तामा यो मोबाइल फोन लोकप्रिय हुने विश्वास कम्पनीको छ।

हाल रियलमीका चीन, दक्षिण एसिया, युरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठुला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् । 

फागुन ११, २०७७ मंगलबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।