सेयर बजारमा ३२ अङ्कको गिरावट 

सेयर बजारमा ३२ अङ्कको गिरावट 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार ३२ अङ्कले घटेको छ। प्रि ओपनिङ सेसनमा बढेको सेयर बजार आज सोमवारको कारोबार बन्द हुँदा ३२ दशमलव ६७ अङ्कले घटेको हो। 

नेप्से परिसूचक १ दशमलव २४ प्रतिशतले घटेर २ हजार ६०७ दशमलव ६७ कायम भएको छ। २ करोड १६ ला १४ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँको कारोबार भएको छ। 

सोमवार २०७ कम्पनीका सेयर ७८ हजार ८५८ पटक किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। आजको कारोबारमा जलविद्युत बाहेक प्राय सबै समूहको सेयर मूल्य घटेको छ। 

फागुन १०, २०७७ सोमबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।