नागढुंगा–नौबिसे सुरुङमार्गमा पुगे प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–नौबिसे सुरुङमार्गको निरीक्षण गरेका छन्।
इन्द्र दहमा आयोजना भएको पर्यटन महोत्सवमा सहभागी भएर ओली नागढुंगा–नौबिसे सुरुङमार्गको पूर्वी प्रवेशद्वारको निरीक्षण गर्न पुगेका थिए।
प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीले सुरुङको विशेषता, हाल भइरहेको काम, उत्पन्न चुनौती लगायतबारे जानकारी गराएका थिए।
कुल २.६८ किलोमिटर लम्बाइको दुई लेनको सुरुङमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीन वटा पुल र दुई अन्डर पाससहित निर्माण हुँदैछ ।
निरिक्षणकोक्रममा प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत मजदुरहरूलाई काम राम्ररी गर्न हौस्याएका थिए।
गत २०१९ को नोभेम्बरमा सुरु भएको निर्माणको काम ठेक्का मितिले ४२ महिनाभित्र सम्पन्न गर्ने तयारी छ। अहिले धुनिबेसी नगरपालिकास्थित सुरुङको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पूर्वतर्फ चन्द्रागिरि नगरपालिकास्थित पूर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ ।
फागुन ९, २०७७ आइतबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।