जोकोविचले नवौं पटक जिते अस्ट्रेलियन ओपनको उपाधि

मेलबर्न : शीर्ष वरीयताका नोवाक जोकोविचले नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्।
फाइनलमा चौथो वरीयताका डेनिल मेदवेदेवलाई हराउँदै उनले नवौं पटक ओपनको उपाधि जितेका छन्। उनले मेदवेदेवलाई ७–५, ६–२ र ६–० सेटमा पराजित गरे।
जोकोविचले यसअघि सन् २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९ र २०२० मा उपाधि जितेका थिए।
अस्ट्रेलियन ओपनको उपाधिसँगै जोकोविचको ग्रान्ड स्लाम उपाधि संख्या १८ पुगेको छ।
सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्नेमा भने रोजर फेडरर र राफेल नाडाल छन्। दुवैले २०–२० पटक ग्रान्ड स्लाम उपाधि जितिसकेका छन्।
एजेन्सी
फागुन ९, २०७७ आइतबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।