सिभिल बैंकको १० औं वार्षिक साधारण सभा

काठमाडौं : सिभिल बैंक लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ।
साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रूपैयाँ ९१ पैसा सेयर सदस्यलाई बोनसका सेयर रकमका रूपमा वितरण गर्ने निर्णय गरेको छ।
यस्तै, साधारण सभाले कर प्रयोजनको लागि प्रतिसेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रूपैयाँ ८४ पैसा नगद लाभांस वितरण गर्न बैंकलाई स्वीकृति दिएको छ।
साथै सभाले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि ‘एन.बि.एस.एम.एण्ड एसोसियट्स’ लेखापरीक्षकमा पुनःनियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्न, प्रचलित नियम, कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेलगायत निर्णय गरेको छ।
बैंकले करिव ७८ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
फागुन ९, २०७७ आइतबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।