सुनको मूल्य तोलामा ८ सय बढ्यो 

सुनको मूल्य तोलामा ८ सय बढ्यो 

काठमाडौं : सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला ८९ हजार रूपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य ८८ हजार २ सय रूपैयाँ तोकिएको थियो। 

यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ। 

चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 
 

फागुन ९, २०७७ आइतबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।