ओपोद्वारा नेपालमा ओपो ए१५एस सार्वजनिक

फोन बोक्दा हत्केलामा सहजता अनुभव दिने पातलो र स्लिक स्टाईलिश लुक्सका साथै दृश्यावलोकनमा आरामदायी प्रदान गर्ने सोचका साथ फोनमा ६.५२ इन्च स्क्रिनको प्रयोग गरिएको छ ।
अतिरिक्त मिहेनत विनै क्लियर शट्स लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५एस मा फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जडान गरिएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।
‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसँग जडित रहने आवश्यकताका लागि उपयुक्त उपकरणका रूपमा ओपो ए१५एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत् सञ्चय क्षमताका साथै ठुलो स्क्रिन उपलब्ध गराएका छौँ।’
ओपो ए१५एस मा तीव्र ‘रिड एन्ड राइट’ गतिका लागि ४ जीवी र्याम्प र स्मूथ कार्य प्रदर्शनी क्षमताका लागि ६४ जीबीको बृहत् सञ्चय क्षमता उपलब्ध गरिएको छ। यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार २५६जीवी सम्म बढाउन समेत सक्ने ओपाले जनाएको छ।
ओपोका अनुसार एक पटक चार्ज गरी पुरै दिन फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपो ए१५एस मा ४३२०एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ।
फागुन ४ गतेदेखि ओपोका प्रमुख बिक्री केन्द्र मार्फत नयाँ फोन ए१५एस देशभर उपलब्ध गराइएको छ। ओपो ए१५एसको बजार मूल्य २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।
फागुन ६, २०७७ बिहीबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।