सी १५ रियलमी फोन सार्वजनिक 

सी १५ रियलमी फोन सार्वजनिक 

काठमाडौँ :स्मार्टफोन ब्रान्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझैँ मजबुत बनाएको दाबी गरेको छ। 

उसले छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको दाबी पनि गरेको छ। 

आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ ८ कोरको स्न्यापड्रागन प्रोसेसर क्वेलकम फिचरले २० हजारसम्म मूल्य पर्ने स्मार्टफोन सेग्मेन्टमा यो मोबाइल फोनलाई अलग स्थानमा पुर्याएको रियलमीले जनाएको छ। 

मोबाइलमा उच्चतम स्क्रिन र बडीको अनुपात मिलेको ६.५ इन्चको एलसिडी फुल स्क्रिन डिस्प्ले, चार वटा लेन्ससहितको क्यामेराका साथ थप आकर्षक बनाइएको यो मोबाइल फोन विषेशगरी युवाहरूलाई लक्षित गरी डिजाइन गरिएको उसले विज्ञप्ति निकालेर जनाएको छ। 

फागुन ६, २०७७ बिहीबार ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।