राष्ट्रिय महिला लिग : दुई खेलअगावै एपिएफलाई उपाधि 

राष्ट्रिय महिला लिग : दुई खेलअगावै एपिएफलाई उपाधि 

काठमाडौं : साविक विजेता एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्ना दुई खेलअगावै उपाधि जितेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बुधबार) त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेपछि एपिएफले उपाधि जितेको हो। 

आर्मीले पुलिसलाई हराएको भए एपिएफले अर्काे खेलको नतिजा कुर्नुपर्थ्याे। 

अंकतालिकामा एपिएफको १० खेलबाट ३० अंक छ। अंकतालिकामा दोस्रो स्थानको आर्मीले ११ खेलबाट २६ अंक बनाएको छ। प्रतियोगितामा १ खेल मात्रै खेल्न बाँकी रहेको आर्मीले उक्त खेलमा जित हासिल गर्दा पनि एपिएफलाई पछि पार्न नसक्ने भएपछि एपिएफ च्याम्पियन बनेको हो। 

जारी प्रतियोगितामा एपिएफले आजै आफ्नो ११ औं खेल विराटनगरविरुद्ध खेल्दैछ।

फागुन ५, २०७७ बुधबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।