१५ मिनेटमा नेप्से १८ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार १८ दशमलव २९ अङ्कले बढेको छ।
अघिल्लो दिन मङ्गलवारको तुलनामा बुधवार नेप्से परिसूचक शून्य दशमलव ७० प्रतिशतले बढेको छ।
प्रि ओपनिङ सेसनमा सेयर परिसूचक नेप्से २ हजार ६१९ दशमलव ८० प्रतिशतमा पुगेको छ। १५ मिनेटको यो सेसनमा ४८ कम्पनीका सेयर १ सय ३८ पटक किनबेच भएको छ।
११ हजार ३८० कित्ता सेयर किनबेच हुँदा ७० लाख ९६ हजार ९२० रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
पहिलो सेसन १५ मिनेट खुलेर बन्द भएको सेयर बजारको दोस्रो सेसन सुरु हुने वित्तिकै सेयर बजार ७ अंकले बढेको छ।
फागुन ५, २०७७ बुधबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।