चन्द्रपुरको तेस्रो जित, चौदण्डीगढी २–१ ले पराजित  

चन्द्रपुरको तेस्रो जित, चौदण्डीगढी २–१ ले पराजित  

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित हासिल गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (मंगलबार) चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिलकुमारी रानाले १/१ गोल गरिन्। रजनीले पहिलो हाफको इन्जुरी समयमा र दिलकुमारीले खेलको ६६ औं मिनेटमा गोल गरिन्। 

चौदण्डीगढीको तर्फबाट मनिता तामाङले खेलको ६८ औं मिनेटमा १ गोल फर्काइन्। 

जारी प्रतियोगितामा तेस्रो जित निकालेको चन्द्रपुर अंकतालिकाको छैटौं स्थानमा छ। उसले ११ खेलबाट ९ अंक जोडेको छ। 

चौदण्डीगढी भने अंकविहीन रहँदैं अंकतालिकाको पुछारमा छ। जारी प्रतियोगितामा यो उसको ११ औं हार हो। 

फागुन ४, २०७७ मंगलबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।