चन्द्रपुर र चौदण्डीगढी भिड्दै

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रतिष्पर्धा गर्दैछन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न २ बजे खेल सुरु हुनेछ। चौदण्डीगढी प्रतियोगिताको पहिलो जित हात पार्ने दाउमा हुनेछ भने चन्द्रपुर खेल जितेर अंक बढाउने रणनीतिमा देखिनेछ।
जारी प्रतियोगितामा चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ। चौदण्डीगढी भने अंकविहीन हुँदै पुछारमा छ।
प्रतियोगिताको उपाधि होडबाट दुवै टोली बाहिरिसकेका छन्।
फागुन ४, २०७७ मंगलबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।