रूपन्देही सुपर लिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लब विजयी

रूपन्देही सुपर लिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लब विजयी

भैरहवा : नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ। 

भैरहवास्थित सिद्धार्थ रंगशालामा आज (सोमबार) भएको डिभिजन ‘बी’अन्तर्गतको खेलमा ज्ञानोदयले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो। 

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको शंकरनगर ३०.१ ओभरमा १ सय २ रनमा अलआउट भयो। उसका लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए। 

बलिङमा ज्ञानोदयका सुनिल धमलाले सर्वाधिक ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिए। यस्तै, करण बिकेको नाममा ३ विकेट रह्यो। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा १ सय ३० रनमा समेटिएको थियो। उसका लागि महेश रानाले सर्वाधिक ४६ रन जोडे। यस्तै, करण बिकेले १२ रन बनाए। अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। 

बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए।

खेलमा म्यान अफ द म्याच सुनिल धमला घोषित भएको आयोजक रूपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए।

फागुन ३, २०७७ सोमबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।