रूपन्देही सुपर लिग : प्रोफेसनललाई हराउँदै सैनामैना डिभिजन ‘ए’मा

भैरहवास्थित सिद्धार्थ रंगशालामा आज (आइतबार) भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा सैनामैनाले प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको हो।
जितसँगै सैनामैना डिभिजन ‘ए’ क्लबमा प्रवेश गरेको छ। अब सैनामैनाले प्रतियोगिताको दोस्रो चरणमा डिभिजन ‘ए’का टोलीसँग प्रतिष्पर्धा गर्नेछ।
९२ रनको लक्ष्य पछ्याएको सैनामैनाले १९.४ ओभरमा ३ विकेट गुमाएर जित हासिल गर्याे। उसका लागि सरोज पौडेलले अविजित रहँदै ४१ रन बनाए। यस्तै , अंकित परियारले १६ रनको योगदान दिए।
बलिङमा प्रोफेसनलका अनिल जैसवारले २ र जितेन्द्र साहनीकाले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै बनाउन सक्यो।
उसका लागि सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए।
बलिङका सैनामैनाका उदय पन्तले सर्वाधिक ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दै २५ रन खर्चिए। यस्तै, विशाल भुसालको नाममा २ विकेट रह्यो।
खेलको म्यान अफ द म्याच उदय पन्त घोषित भए।
फागुन २, २०७७ आइतबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।