बंगलादेशविरुद्धको टेस्ट शृंखला वेस्ट इन्डिजद्वारा ‘क्लिन स्विप’ 

बंगलादेशविरुद्धको टेस्ट शृंखला वेस्ट इन्डिजद्वारा ‘क्लिन स्विप’ 
जितपछि खुसी मनाउँदै वेस्ट इन्डिजका खेलाडी। तस्बिर : क्रिकइन्फो डट कम।

काठमाडौं : बंगलादेशविरुद्धको टेस्ट क्रिकेट शृंखला वेस्ट इन्डिजले ‘क्लिन स्विप’ गरेको छ। 

बंगलादेशको राजधानी ढाकामा आइतबार सम्पन्न दोस्रो खेल १७ रनले जितेपछि पाहुना टोली वेस्ट इन्डिजले दुई खेलको टेस्ट शृंखला २–०ले जितेको हो। 

यसअघि वेस्ट इन्डिजले पहिलो टेस्ट ३ विकेटको जितेको थियो। 

शृंखलाको दोस्रो तथा अन्तिम टेस्टमा जितका लागि २ सय ३१ रनको लक्ष्य पाएको बंगलादेशले २ सय १३ रन मात्रै जोड्न सक्यो। 

बंगलादेशका लागि तमिम इकबालले सर्वाधिक ५० रन बनाउँदा मेहदी हसन मिराजले ३१ र कप्तान मोमिनुल हकले २६ रन बनाए। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। 

वेस्ट इन्डिजका राकिम कोर्नवालले ४ तथा जोमेल वारिकन तथा क्रयाग ब्रेथवेटले समान ३ विकेट लिए। 

यसअघि आफ्नो दोस्रो तथा खेलको तेस्रो इनिङ्समा वेस्ट इन्डिजले १ सय १७ रन जोडेको थियो।

उक्त् इनिङ्समा वेस्ट इन्डिजका एनकुर्माह बोनरले सर्वाधिक ३८ रन बनाएका थिए। यस्तै, जोसुवा डा सिल्भाले २० रन जोड्दा जोन क्याम्पबेलले १८ रन जोडेका थिए। 

बंगलादेशका ताइजुल इस्लामले ४ तथा नियम हसनले ३ विकेट लिएका थिए।

त्यसअघि पहिलो इनिङ्समा वेस्ट इन्डिजले ४ सय ९ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि जोसुवा डा सिल्भाले ९२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एनकुर्माह बोनरले ९० रन जोडेका थिए।

यस्तै, अल्जारी जोसेपले ८२ रनको योगदान दिँदा कप्तान क्रेग ब्रेथवेट ४७ तथा जोन क्याम्पबेलले ३६ रन बनाएका थिए। जेर्मिने ब्लाकउड २८ रनमा आउट भएका थिए।

बंगलादेशका अबु जायद र ताइजुल इस्लामको नाममा समान ४ विकेट रहेको थियो। 

बंगलादेशले भने पहिलो इनिङ्समा २ सय ९६ रन बनाएको थियो।

बंगलादेशका लिटोन दासले सर्वाधिक ७१ रन बनाएका थिए। यस्तै, मेहदी हसन मिराजले ५७ र मुस्फिकर रहमानले ५४ रन जोडे। तमिम इकबालले ४४ रन बनाए।

वेस्ट इन्डिजका राकिम कोर्नवालले ५ विकेट लिए। शानोन ग्राबियलले ३ विकेट लिए।

क्रिकइन्फो डट कम

फागुन २, २०७७ आइतबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।