लुम्बिनी प्रदेशको स्थापना दिवस देउखुरीमा मनाइने 

लुम्बिनी प्रदेशको स्थापना दिवस देउखुरीमा मनाइने 

बुटवल :  लुम्बिनी प्रदेश सरकारले आफ्नो तेस्रो स्थापना दिवस भोलि (सोमबार) मनाउँदै छ।

प्रदेश घोषणा भएकै दिन (फागुन ३ गते) पारेर लुम्बिनीले स्थापना दिवस मनाउन लागेको हो। 

स्थापना दिवस मनाउन आज, भोलि र पर्सि विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। 

स्थापना दिवसको मूल समारोह प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयको प्रांगणमा हुनेछ। 

मुल समारोहलाई प्रदेश प्रमुख धर्मनाथ झाको उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यंक्रम रहेको मन्त्रालयका सचिव रविलाल पन्थले बताए। सो अवसरमा प्रदेश सरकारद्वारा यसअघि घोषणा गरिएको पदक तथा विभूषणबाट विभिन्न व्यक्तिहरूलाई सुशोभित गरिने कार्यक्रम रहेको उनले जानकारी दिए।  

समारोहमा प्रदेशभरका विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने छन्। 

प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशका विभिन्न जिल्लामा सरसफाइ, रक्तदान, कविता प्रतियोगिता लगायत कार्यक्रम सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै, जिल्लाभरका सरकारी तथा गैरसरकारी कार्यालयमा दीपावली गरिने कार्यंक्रम रहेको छ। 

२०७५ फागुन ३ गते प्रदेश घोषणा भएको थियो। 

फागुन २, २०७७ आइतबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।