एपिएफको अपराजित यात्रा कायमै, वालिङ ६-० ले पराजित

फाइल तस्बिर : एन्फा।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (शनिबार) स्याङ्जाको वालिङ नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै उसले प्रतियोगिताको नवौं जित निकालेको हो।
एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै, प्रिती राईको नाममा एक गोल रह्यो।
जारी प्रतियोगिताको एक मात्रै अपराजित टिम एपिएफले जितसँगै दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँगको अंकदूरी बढाएको छ। उसको ९ खेलबाट २७ अंक छ। आर्मीको भने २२ अंक छ।
वालिङ भने ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा कायमै छ।
फागुन १, २०७७ शनिबार १४:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।