रूपन्देही सुपर लिग क्रिकेट सुरु, उद्घाटन खेलमा प्रोफेसनल विजयी

रूपन्देही सुपर लिग क्रिकेट सुरु, उद्घाटन खेलमा प्रोफेसनल विजयी

भैरहवा : रूपन्देहीको भैरहवामा ‘नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता २०७७’ आजबाट सुरु भएको छ।

सिद्धार्थ रंगशालामा प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा प्रोफेसनल मास्टर्स ११ ले विजयी भएको छ। उसले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो। 

१ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको प्रोफेसनलले ३५ ओभरमै ७ विकेट गुमाएर जित हासिल गर्याे। उसका लागि प्रमिस थापाले ४३ र अनिल जैसवारले ३० रन बनाए। बलिङमा स्टारका महेश पटेलले ३, जय गोदार र मौसम ढकालले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको स्टारले ४१ ओभरमा अलआउट हुँदै १ सय ६१ रन बनाएको थियो। उसका लागि अनिल थापाले ४३ रन बनाउँदा ईश्वर ज्ञवाली ३८ रनमा अविजित रहेका थिए। बलिङमा प्रोफेसनलका जयप्रसाद यादवले सर्वाधिक ५ विकेट लिए। यस्तै, अनिल जैसवारको नाममा २ विकेट रह्यो। 

खेलको म्यान अफ द म्याच जयप्रकाश यादव घोषित भए। 

प्रतियोगिता रूपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको हो। 

माघ २८, २०७७ बुधबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।