
राष्ट्रिय महिला लिगमा एपिएफको आठौं जित

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा एपिएफ क्लबले आठौं जित हासिल गरेको छ।
ललितपुरका सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बुधबार) चन्द्रपुर नगरपालिकालाई ८–० गोलले पराजित गर्दै एपीएफले प्रतियोगितामा आठौं जित हासिल गरेको हो।
टोलीलाई जित दिलाउन एपिएफकी सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन्। खेलको छैटौं मिनेटमै गोल गरेकी ३२, ४७, ६०, ६२ र ६९ मिनेटमा गोल गरिन्। यस्तै, कप्तान अनिता बस्नेतको नाममा २ गोल रह्यो। उनले खेलको पहिलो र ५४ औं मिनेटमा गोल गरिन्।
एपिएफले पहिलो हाफमा ३ र दोस्रो हाफमा ५ गोल गरेको थियो।
जितसँगै अपराजित एपिएफले ८ खेलबाट २४ अंक हासिल गरेको छ। ऊ अंकतालिकाको शीर्ष स्थानमा छ। चन्द्रपुर लिगको छैटौं स्थानमा छ।
माघ २८, २०७७ बुधबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।