
रूपन्देही सुपर लिग क्रिकेट भोलिदेखि
भैरहवा : रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भोलिदेखि ‘नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता २०७७’ हुने भएको छ।
रूपन्देही क्रिकेट संघले आज (मंगलबार) पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको हो।
आयोजकका अनुसार प्रतियोगितामा जिल्लाको ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टोली सहभागी हुनेछन्।
एक दिवसीय फर्म्याटमा खेलाइने उक्त प्रतियोगितामा सुरुमा ‘बी’ डिभिजन १२ टोलीबीच प्रतिस्पर्धा गर्नेछन्।
त्यसबाट उत्कृष्ट ४ टोलीलाई ‘ए’ डिभिजनका ८ टोलीसँग प्रतिष्पर्धा गराइने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए।
उनले प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू पनि खेल्ने जानकारी दिए।
प्रतियोगितामा ‘बी’ डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन्।
यस्तै ‘ए’ डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यु होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले ८० हजार रूपैयाँ र ट्रफी पाउनेछन् भने उपविजेताले ४० हजार रूपैयाँ र ट्रफी पाउने आयोजनकले जनाएका छन्।
यस्तै, ‘म्यान अफ द सिरिज’लाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार रूपैयाँ प्रदान गरिने संघका सचिव संजय गुरुङले बताए। हरेक खेलका ‘म्यान अफ द म्याच’लाई १ हजार रूपैयाँ प्रदान गरिने छ।
प्रतियोगिता फागुन २९ गतेसम्म सञ्चालन हुनेछ।
माघ २७, २०७७ मंगलबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।