शेयर बजारमा दिनकै रेकर्ड

काठमाडौँ : राजनीतिक अन्यौलता बढे पनि यो पटक सेयर बजारमा भने त्यसको असर देखिएको छैन। संसद् विघटनपछि दिनकै विरोध प्रदर्शन भइरहेका छन्। सरकारको काम सुस्त छ। कुनै नयाँ आर्थिक नीति आएका छैनन्। तर शेयर बजारको गति भने उकालिएकै छ।
आइतबार नयाँ रेकर्डका साथ शेयर बजार बन्द भएको थियो। सोमबार पनि उछालकोक्रम जारी रह्यो र बजार ३७ दशमलव ४८ अंकले बढेर बन्द भयो। सोमबार सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड राख्यो २ हजार पाँच सय ६१ दशमलव ४७ को।
सोमबार मात्र १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८ सय ६९ रुपैयाँको कारोबार भयो। सोमबार २ सय ६ कम्पनीको २ करोड ११ हजार ५ सय ५५ कित्ता शेयर कारोबार भयो।
सोमबार नेप्सेलाई उकाल्ने काम गर्यो बैङ्किङ र विकास बैङ्क समूहले। बैङ्किङ समूहको ३ दशमलव ६५, विकास बैङ्कको ३ दशमलव ४७, फाइनान्सको २ दशमलव ०१, होटेल समूहको १ दशमलव ३८, जीवन बिमा समूहको १ दशमलव १३ प्रतिशतले नेप्से बढ्यो। ।
माघ २६, २०७७ सोमबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।