एपिएफको अपराजित यात्रा कायमै, चौदण्डीगढी १४–० ले पराजित 

एपिएफको अपराजित यात्रा कायमै, चौदण्डीगढी १४–० ले पराजित 
तस्बिर : एन्फा।

काठमाडौं : एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायमै राखेको छ। 

उसले आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा आज (सोमबार) सम्पन्न दोस्रो चरणअन्तर्गतको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० ले पराजित गर्याे। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको पहिलो हाफमा ७–० गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप ७ गोल थप्यो। 

एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ८ गोल गरिन्। उनले खेलको चौथो, १८, ३७, ४३, ५३, ५६, ७२ र ८६ औं मिनेटमा गोल गरिन्। 

यस्तै, अनिता बस्नेत र अनिता केसीले समान २ गोल गर्दा अनु लामा र रविना गोलेको नाममा समान १ गोल रह्यो। 
जितसँगै एपिएफले ७ खेलबाट २१ अंक जोडेको छ। 

यसअघि पहिलो चरणको खेलमा एफिएफले चौदण्डीगढीलाई २२–० ले पराजित गरेको थियो। 


 

माघ २६, २०७७ सोमबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।