
राष्ट्रिय महिला लिग फुटबल : पहिलो हाफमा एपिएफको ७–० को अग्रता

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय टोली एपिएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाको टोली प्रतिष्पर्धा गरिरहेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिँदा एपिएफले ७–० गोलको अग्रता लिएको छ। एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गर्दा अनिता केसीले २ र अनिता बस्नेतले १ गोल गरिन्।
यसअघि पहिलो चरणको खेलमा एपिएफले चौदण्डीगढीलाई २२–० गोल अन्तरले पराजित गरेको थियो।
जारी प्रतियोगिता अपराजित टोली एपिएफ अंकतालिकाको शीर्ष स्थानमा छ। उसको ६ खेलबाट १८ अंक छ। चौदण्डीगढी भने अंकविहीन हुँदै पुछारमा छ।
माघ २६, २०७७ सोमबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।