सुनको मूल्य घट्यो, तोलाको ९० हजार ४ सय 

सुनको मूल्य घट्यो, तोलाको ९० हजार ४ सय 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुन ९० हजार ४ सय रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेर ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९० हजार १ सय ५० रुपैयाँ थियो। 

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ३ सय १५ रुपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

माघ २६, २०७७ सोमबार ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।