पुलिसलाई हराउँदै वालिङ तेस्रो स्थानमा उक्लियो 

पुलिसलाई हराउँदै वालिङ तेस्रो स्थानमा उक्लियो 
तस्बिर : द एन्फा डट कम।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (आइतबार) भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङ तेस्रो स्थानमा उक्लिएको हो। 

प्रतियोगिताको बलियो टोली पुलिसविरुद्ध जित दिलाउन वालिङकी क्यामरुनी खेलाडी मेथो रुथले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरिन्। 

जितसँगै वालिङले ७ खेलबाट ११ अंक जोडेको छ। समान खेल खेलेको पुलिस भने अंकतालिकाको पाँचौं स्थानमा झरेको छ। उसले अंकतालिकामा ८ अंक जोडेको छ। 

पुलिसको यो लगातार दोस्रो हार हो। यसअघि पुलिस विराटनगरसँग पराजित भएको थियो।

पहिलो चरणको खेलमा भने पुलिसले वालिङसँग १–१ को बराबरी खेलेको थियो। 

माघ २५, २०७७ आइतबार २०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।