कर्णालीमा कोरोना संक्रमित महिलाको मृत्यु 

कर्णालीमा कोरोना संक्रमित महिलाको मृत्यु 

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको उपचारका क्रममा आज (आइतबार) मृत्यु भएको छ। 

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबार बिहान वीरेन्द्रनगर–६ का ६१ वर्षीय महिलाको उपचारको क्रममा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो। यससँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको प्रदेश स्वास्थ्य महाशाखाले जनाएकाे छ। 

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले ती महिला उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगबाट समेत ग्रसित रहेको जानकारी दिए। उनका अनुसार ती महिलालाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो। 

महाशाखाका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय २८ पुगेको छ। तीमध्ये ७ हजार ३ सय १७ संक्रमणमुक्त भएका छन्। 

प्रदेशमा सक्रिय संक्रमितको संख्या १ सय ८१ छ। 

माघ २५, २०७७ आइतबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।