गरगहना निर्यातबाट रोजगारी सृजना हुने व्यवसायीको दाबी

गरगहना निर्यातबाट रोजगारी सृजना हुने व्यवसायीको  दाबी

काठमाडौँ : सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिएका छन्। नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवर्द्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त सम्भावना औँल्याउँदै व्यवसायीहरूले यसकालागि सम्बद्ध सबैको पहलकदमी आवश्यक रहेको बताए। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातबाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर समेत सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने सम्भावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सबैको ध्यान जान आवश्यक भएको बताए । 

मकवानपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारण सभाका अवसरमा महासङ्घका अध्यक्ष शाक्यले कच्चापदार्थको पर्याप्त आपूर्तिका लागि विद्यमान कोटामा वृद्धि गर्न आवश्यक पहल भइरहेको बताए।  

महासङ्घका उपाध्यक्ष दियेस रत्न शाक्यले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान हुनुपर्नेमा जोड दिए। 

माघ २५, २०७७ आइतबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।