
आइपिएल अक्सनमा ८ नेपाली खेलाडीले गराए नाम दर्ता

नेपाल क्रिकेट संघका अनुसार आइपिएलको आगामी अक्सनका लागि नेपालका सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले नाम दर्ता गराएका हुन्।
तीमध्ये सन्दीपले मात्रै आइपिएल खेलेका छन्। उनी पछिल्ला तीन संस्करणमा दिल्ली क्यापिटल्ससँग आवद्ध छन्।
यही फेब्रुअरी १८ मा हुन लागेको अक्सनका लागि १ हजार ९७ खेलाडीले नाम दर्ता गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तीमध्ये ८ सय १४ जना भारतीय र २ सय ८३ जना विदेशी खेलाडी रहेको बताइएको छ।
माघ २३, २०७७ शुक्रबार २२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।