टि–१० लिगमा सोमपाल आवद्ध टोली मराठा अरेबिन्यस पराजित

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा आज (बिहीबार) सम्पन्न खेलमा मराठा डेक्कनसँग २९ रनले पराजित भएको हो।
१ सय २१ रनको लक्ष्य पछ्याएको मराठाले निर्धारित ओभरमा ३ विकेट गुमाएर ९१ रनमा सीमित भयो। उसका लागि कप्तान मोसादेक हुसेनले आक्रामक पारी खेल्दै ४४ रन जोडे। २१ बल खेलेका उनले आफ्नो पारीमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै, इसान मलहोत्राले २२ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङतर्फ डेक्कनका आरोन सुमरर्स, जिसान जमिर र इमरान ताहिरले समान १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको डेक्कनले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय २० रन जोडेको थियो। उसका लागि अनवर अलीले आक्रामक पारी खेल्दै अविजित ३९ रन बनाए। १२ बल खेलेका उनले आफ्नो पारीमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै, प्रशान्त गुप्ताले ३५ र यासिर कलिमले २८ रनको योगदान दिए।
बलिङतर्फ मराठाका सोमपाल कामीले २ तथा सोहाग गाजी र प्रवीण ताम्बेले समान १ विकेट लिए।
माघ २२, २०७७ बिहीबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।