टी–१० लिगमा सोमपालको किफायती बलिङ, १२ रन खर्चेर लिए २ विकेट

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीमा जारी लिगमा मराठा अरेबियन्सबाट खेलिरहेका उनले डेक्कनविरुद्ध आज (बिहीबार) भएको खेलमा टोलीका तर्फबाट सबैभन्दा किफायती बलिङ गरे। उनले ६ को इकोनोमी रेटमा बलिङ गरे। २ ओभर बलिङ गरेका उनले १२ रन मात्रै खर्चिए।
खेलको छैटौं ओभरमा बलिङ गर्न आएका सोमपालले सोही ओभरमै २ विकेट चट्काए। उनले उक्त ओभरको चौथो बलमा प्रशान्त गुप्तालाई मोसादेक हुसेनबाट क्याच आउट गराए। यस्तै, सोमपालले सोही ओभरको अन्तिम बलमा यासिर कलिमलाई पेवेलियन फर्काए। यासिर विकेटकिपर अलिसान सारुफुबाट क्याच आउट भए।
सोमपालले जारी सिजनका ६ खेलमा ३ विकेट लिएका छन्।
समूह चरण र सुपर लिग गरी ५ खेल खेलेको मराठा २ अंकसहित ८ टोली सहभागी लिगको अन्तिममा छ। ऊ प्लेअफ होडबाट बाहिरिसकेको छ।
माघ २२, २०७७ बिहीबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।