सुनको मूल्य तोलामा ९ सय रूपैयाँ घट्यो

सुनको मूल्य तोलामा ९ सय रूपैयाँ घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) ९ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापापाल सुन तोलामा ९१ हजार १ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ निर्धारण गरिएको थियो। 

यस्तै, तेजाबी सुन पनि सोही दरमा घटेर तोलाको ९० हजार ६ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको थियो। 

चाँदीको मूल्य भने तोलामा २० रूपैयाँ घटेर १ हजार ३ सय रूपैयाँ तोकिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

माघ २२, २०७७ बिहीबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।