काठमाडौँमा आन्दोलनकारी घट्दै, गाडी चल्न थाले

काठमाडौँमा आन्दोलनकारी घट्दै, गाडी चल्न थाले
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको आमहड्तालमा कार्यकर्ताको उपस्थिति कम देखिएको छ। काठमाडौँको जमल, लैनचौर, सामाखुसी, बालाजु, वाफल क्षेत्रमा सार्वजनिक बस सञ्चालन भइरहेका छन्। 

आन्दोलनको कमान्ड सम्हालेका मध्ये कलङ्कीबाट अष्टलक्ष्मी शाक्य पक्राउ परेसँगै त्यहाँ २०/५० जना भन्दा धेरै कार्यकर्ताको उपस्थिति छैन। गोङ्गबु चोकमा पनि कार्यकर्ताको उपस्थिति कलङ्की भन्दा धेरै छैन। नयाँ बसपार्कबाट यात्रु बोकेरै बस गुडेका छन्। 

चक्रपथ क्षेत्रमा निर्बाध निजी सवारी साधन चलेका छन् भने चलेका केही माइक्रोवस, बसले यात्रु बोकेका छन्। 

आन्दोलनकारी कर्म भटमास, बदाम खाएर बसिरहेका छन्। बिहान सुनसान जस्तै देखिएका मुख्य सडकमा पनि गाडी चल्न थालेका छन् भने फाट्टफुट्ट पसल पनि खुलेका छन्। 

सडकमा पसल राखेर सामान बेच्ने व्यापारीको उपस्थिति बाक्लो हुँदै गएको छ। भित्री सडकमा साना तथा किराना पसल प्राय सबै खुलेका छन्। जमलदेखि कलङ्कीसम्मको सडकमा अवरोध देखिएको छैन। 

माघ २२, २०७७ बिहीबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।