तोलामा ६ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौ : नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको ९२ हजार ६ सय रूपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन पनि सोही दरमा घटेको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९२ हजार १ सय रूपैयाँ निर्धारण गरिएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ६० रूपैयाँ घटेर १ हजार ३ सय २० रूपैयाँ कायम भएको छ।
माघ २१, २०७७ बुधबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।