उत्कृष्ट बन्ने सिटिजन्स बैङ्कको रणनीति 

उत्कृष्ट बन्ने सिटिजन्स बैङ्कको रणनीति 

काठमाडौँ : सिटिजन्स बैङ्कले आगामी ३ बर्से रणनीति योजना तयार गरेको जनाएको छ। उसले रणनीतिमा नेपालका उत्कृष्ट १० भित्र पर्ने गरी काम गर्न रणनीति तयार गरेको जनाएको हो। 

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘टप टेन बैङ्क हुने गरी ३ वर्षे रणनीतिक योजना तयार पारेका छौ।’

बैङ्कको नाम, लोगो र ब्रान्ड नमेटिने गरी मर्जर तथा प्राप्तिमा जाने बैङ्कको रणनीति रहेको पनि सुनाए। देवकोटाका अनुसार बैङ्कले कुनै विकास बैङ्क वा फाइनान्सलाई गाभ्ने तयारी गरेको छ। बैङ्कले आगामी वर्ष ’डबल डिजिट’ मा लाभांश बाँड्ने दाबी समेत गरेको छ। 

बैङ्कले गत वर्षको नाफाबाट पनि डबल डिजिटमा लाभांश बाँडेको थियो। बैङ्कले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश बाँडेको थियो।

बैठकले दिएको विवरण अनुसार प्रति सेयर आम्दानी १२ प्रतिशत, खुद ब्याज आम्दानी १२.३९ प्रतिशत, शुल्क तथा कमिसन १९ प्रतिशत, सञ्चालन नाफा २१.५६ प्रतिशतले वृद्धि भएको छ।

 

माघ २१, २०७७ बुधबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।