राष्ट्रिय महिला लिग फुटबल : वालिङसँग चन्द्रपुर ३–० ले पराजित 

राष्ट्रिय महिला लिग फुटबल : वालिङसँग चन्द्रपुर ३–० ले पराजित 

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ। 

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (मंगलबार) भएको खेलमा वालिङले चन्द्रपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

वालिङलाई जित दिलाउन क्यामरुनी खेलाडी मेथो रुथले दुई गोल गरिन्। अर्काे गोल टोउटा ओर्नेलाले गरिन्। खेलको ३७ औं मिनेटमा ओर्नेला गोल गर्दा रुथले ४५ र ४५ औं मिनेटमा गोल थपिन्। 

जितसँगै वालिङले ६ खेलबाट ८ अंक बटुलेको छ भने चन्द्रपुरको समान खेलबाट ३ अंक मात्रै छ। 

माघ २०, २०७७ मंगलबार १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।