राष्ट्रिय महिला लिग फुटबल : सावित्रा एक्लैले १२ गोल गर्दा एपीएफ २२–० ले विजयी

राष्ट्रिय महिला लिग फुटबल : सावित्रा एक्लैले १२ गोल गर्दा एपीएफ २२–० ले विजयी

काठमाडौं : साविक विजेता एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (सोमबार) सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो। 

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन्। सावित्राले खेलको ५, ३२, ३३, ३४, ३८, ४७, ५५, ६२, ६३, ७२, ७९ औं र खेलको इन्जुरी समयमा गोल गरिन्। 

यस्तै, कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन्। अनुले ११, १४, २०, २६ र ६५ औं मिनेटमा गोल गर्दा अनिताले ९, ५० र ६७ औं मिनेटमा गोल गरिन्। 

सरु लिम्बुले १८ औं मिनेटमा गोल गर्दा रेनुका नगरकोटीले ३१ औं मिनेटमा गोल थपिन्। 

माघ १९, २०७७ सोमबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।