तोलामा ५ सय रूपैयाँ बढ्यो सुनको भाउ 

तोलामा ५ सय रूपैयाँ बढ्यो सुनको भाउ 

काठमाडौं : सुनको भाउ तोलामा ५ सय रूपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रूपैयाँ तोकिएको छ। हिजो यसको मूल्य तोलाको ९२ हजार १ सय रूपैयाँ थियो। 

तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ९२ हजार १ सय रूपैयाँ पुगेको छ। 

चाँदीको भाउ एकैदिन तोलामा ८० रूपैयाँ बढेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

माघ १९, २०७७ सोमबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।