ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

काठमाडौँ : साताको पहिलो दिन आइतबार सेयर बजारका लगानीकर्ताका लागि फलदायी बनेन। सेयर बजार आज रातो रङमा बन्द भयो। आइतबार नेप्से परिसूचक ५४.७५ अङ्कले घटेर २ हजार ३ सय ७० दशमलव ५५ मा आएर बन्द भयो। 

सबैभन्दा धेरै जीवन बिमा समूहमा ४ सय ६० अङ्कले गिरावट आयो। निर्जीवन बिमा समूहमा २ सय ६४ अङ्कले गिरावट आयो। लघु वित्त र उत्पादनमूलक समूह पनि स्थिर रहन सकेनन्। वाणिज्य बैङ्क समूह ४२ अङ्क, विकास बैङ्क समूह ५१ अङ्क र वित्त समूह ५० अङ्कको तल ओर्लियो। टेलिकम सूचीकृत समूहको सेयर पनि थेगिएन। साढे २५ अङ्कले तल झर्यो। 

आठ अर्बको कारोबार

आइतबार २ सय ६ कम्पनीको आठ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भने भयो । एक करोड ६२ लाख कित्ता सेयरको कारोबार भएको थियो।

आइतबार प्रभु लाइफ इन्ट्रेन्स, सगरमाथा इन्ट्रेन्स, नेपाल लाइफ इन्स्याेरेन्सको सेयर भने बढेको थियो। तर यी कम्पनीको मात्र सेयरले बजार उकास्न सकेन। 

माघ १८, २०७७ आइतबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।