महासङ्घको सहरी विकास समिति विस्तार 

महासङ्घको सहरी विकास समिति विस्तार 

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठको सभापतित्वमा गठित सहरी विकास समिति विस्तार भएको छ।

समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रबी सिंह चुनिएका छन्।  

समितिका सदस्यहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) का पूर्व अध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्व अध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास सङ्घका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ्ग लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रेचर ई.डा.पुरुषोत्तम डङ्गोल, नेपाल जग्गा तथा आवास विकास सङ्घका वरिष्ठ कानुनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटी छन्। 

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्व महानिर्देशक एवं सिमाविद वृद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत रहेका छन्। 

समिति विस्तार कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढङ्गले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताए। 

 

माघ १८, २०७७ आइतबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।