क्यानडा जाने लोभमा ३३ जनाको ९० लाख फस्यो, लोभ देखाउने पक्राउ

आफू लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशमा धेरैलाई रोजगारको लागि पठाई सकेको भन्दै प्रलोभनमा पारेर कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना लाई क्यानडा पटाइदिन्छु ठगी गरेको प्रहरीको अभियोग छ।
उनी पोखरामा रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका १० राम बजारबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरूबाट ९० लाख ७१ हजार लिएको खुलेको कास्की प्रहरीले जानकारी दिएको छ। क्यानडा जाने लोभमा उनीहरूले विश्वकर्मालाई विभिन्न बैङ्कको चेक समेत दिएको खुलेको प्रहरीको भनाई छ।
माघ १६, २०७७ शुक्रबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।