बिग बासमा सन्दीपको टोली होबार्ट हुरिकेन्स पराजित

मेलबर्नको डकल्यान्डस मैदानमा दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा हुरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो।
हुरिकेन्सका लागि डार्सी सर्टले सर्वाधिक ४३ रन बनाए। यस्तै, पेटर ह्यान्डस्कम्बले ३० र टिम डेभिडले २७ रन जाेडे।
बलिङमा स्कोर्चर्सका लागि झे रिचार्डसनले ४ विकेट चट्काए। यस्तै, जेसन बेन्ड्रफले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कोर्चर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो। स्कोर्चर्सका लागि जोश इन्ग्लिसले ५८ रन बनाएका थिए। यस्तै, झे रिचार्डसनले २९ र लायम लिभिङस्टनले २६ रनको योगदान गरेका थिए।
हरिकेन्सका लागि नाथन इलिसले ४ विकेट लिए। यस्तै, सन्दीपको नाममा २ विकेट रह्यो।
खेलको प्लेअर अफ दि म्याच झे रिचार्डसन घोषित भए।
क्रिकइन्फो डट कम
माघ ९, २०७७ शुक्रबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।